NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

गाउँपालिकाका अधिकृत र इन्जिनियरलाई भ्रष्टाचारमा सफाइ 

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका अधिकृतसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । फिल्डमा गरेको भन्दै धेरै देखाई भ्रष्टाचार अभियोग लागेका अधिकृत टकदत्त प्याकुरेल, इन्जिनियर मकरध्वज शाही र सबइन्जिनियर विनोद थापाले सफाइ पाएका हुन् ।

ठेकदार गणेश भण्डारीलाई पनि बिशेष अदालतले सफाइ दिएको छ । सडक निर्माणमा २१ लाख ४७ हजार भ्रष्टाचार गरेको अभियोग उनीहरुलाई थियो ।