बौद्धको दुर्घटनामा युवतीको मृत्यु

काठमाडौं । काठमाडौंको बौद्धमा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । ओखलढुङ्गाकी १९ वर्षीय सम्झना राईको बौद्ध प्रहरी वृत्त अगाडि सवारी साधनको ठक्करबाट मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा चुच्चेपाटीबाट बौद्धतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ८६४८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आएको ना ८ ख १११९ नम्बरको तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मोटरसाइकल चालक काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष २७ का विवेक श्रेष्ठ र ट्याङ्कर चालक चितवन खैरेनी –१० का डम्बर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बौद्ध तिनचुली बस्दै मृतक राई पिज्जा हट रेष्टुरेन्टमा काम गर्दै आएकी थिइन् । चालकमाथि कडा कारबाहीको माग मृतकका परिवारले गरेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया