NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बहस शिक्षाकोः ‘आइडल’ विद्यालय बनाउन कस्तो नेतृत्व चाहिन्छ ?

काठमाडौं । शिक्षालाई जीवनको ज्योति मानिन्छ । अर्थात्, शिक्षाले व्यक्तिको जीववनमा प्रकाश छर्छ । धेरैले यो वाक्य सुन्दै आइरहेको हो । शिक्षाबिना व्यक्ति कुनै पनि काममा पूर्ण हुन सक्दैन । यसकारण पनि हरेक व्यक्तिले उच्च शिक्षा लिन विद्यालयदेखि विश्वविद्यालयसम्मको बाटो तय गर्छ । व्यत्तिले शिक्षा आर्जन गरिरहेको विद्यालय जस्तो हुन्छ त्यसबाट उत्पादन हुने विद्यार्थी पनि त्यस्तै हुन्छन् । त्यसकारण पनि विद्यालय गुणस्तरीय हुन आवश्यक छ ।

विद्यालयको गुणस्तरमा कमी आउँदा त्यहाँबाट उत्पादन हुने हजारौं विद्यार्थीको सिकाइ र बुझाइ, सिप र क्षमताको पनि गुणस्तरणमा कमी हुन्छ । त्यसैले सक्षम विद्यार्थी उत्पादन गर्न विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनु अपरिहार्य छ ।

रातो बंगला विद्यालयकी प्रधानाध्यापक मिलन दिक्षितका अनुसार विद्यालयको गुणस्तरका लागि महत्वपूर्ण तत्व शिक्षक हो। त्यसपछि क्रमश पाठयक्रम, नेतृत्व र सहकार्य आउँछ । शिक्षक गुणस्तरीय भएपछि शिक्षा प्रणाली नै राम्रो हुने उनी बताउँछिन् ।

उनको बुझाइमा नेतृत्व पनि विद्यालयको गुणस्तको लागि अब्बल हुनुपर्छ । उनी भन्छिन्, ‘जुनसुकै विद्यालयमा लिडरले राम्रो लिड गरेर र दृष्णताका साथ काम गर्यो भने मात्र गुणस्तरीयता आउँछ ।’ विद्यालय गुणस्तरीय हुन व्यवस्थापकले नेतृत्व गर्ने क्षमता बुझेकै हुनुपर्ने उनको तर्क छ । विद्यालयको अनुशासन, भौतिक पूर्वाधार र व्यवस्थापन मात्र भएर नपुग्ने उनको भनाइ छ ।

शिक्षण यस्तो पेशा हो जसले अन्य व्यक्तिलाई शिक्षित गराउँछ । तर अहिले जो व्यक्ति अन्य विषय पढ्न सक्दैनन् र अन्य पेसामा लाग्न कठिन भएपछि शिक्षण विषय चुन्ने गर्छन् । सरकारले नै विद्यार्थीको मूल्याकन गर्न ग्रेडिङ प्रणाली लागू गरेको छ । त्यसले यो पेशामा चाहिने दक्षतालाई पनि कम गनेको छ । शिक्षक बन्न्का लागि ‘सि’ वा ‘डि’ ग्रेड आउँदा पनि मिल्ने भएकाले यो पेशाको मर्म नबुझेर शिक्षण गर्ने बढेका छन् । प्रधानाध्यापक दिक्षितको विचारमा एक असल र क्षमतावान् शिक्षकमा इच्छा र दृढता महत्वपूर्ण तत्व हो । योसँगै शिक्षकमा विद्याथीसँर्ग घुलमिल हुने, धैर्यता, सहकार्य, विद्यार्थीको कुरा बुझने, सञ्चार गर्ने सिप इत्यादी गुणहरु शिक्षकका परिपूरक हुन् ।

‘शिक्षकमा हुनैपर्ने अर्को गुण पाठयक्रमको बुझाइ पनि हो । जसले गर्दा उसले विद्यार्थीलाई त्यसभित्रका कुरा शुक्ष्मसँग बुझाउन सकोस् । विद्यार्थीको साथै उनीहरुको अभिभावकसँग पनि सहकार्य गर्ने क्षमता शिक्षकमा हुनुपर्छ,’ उनले भनिन् ।

शिक्षण पेशामा मात्र नभएर आफ्नु कामप्रतिको दृढता र इच्छा अन्य पेसा व्यवसायमा पनि अत्यन्तै जरुरी भएको उनको बुझाइ छ । नेपालवाचको नियमित भिडियो श्रृंगला एजुकेसन डायलगमा यो पटक विद्यार्थी र शिक्षकको सम्बन्ध, गुणस्तरीय विद्यालयका लागि चाहिने तत्वहरु, शिक्षकमा हुनुपर्ने गुणलगायतका विषयमा प्रस्तोता नरोत्तम अर्यालले रातो बंगला विद्यालयकी प्रधानाध्यापक मिलन दिक्षितसँग छलफल गरेका छन् ।

छलफलको पुरा अंक हेर्नका लागि तलको लिंकमा जानुहोस्