NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कीर्तिपुरमा भएको दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसमा बा.९६ प ६०१३ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार बिहान साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, जुम्लाको कनकासुन्दरी गाउँपालिका(५ स्थित सडकमा लु.५ त १४६० नम्बरको ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सल्यान त्रिबेणी गाउँपालिका(४ थोलाबाङ बस्ने २४ वर्षीय बसन्त रेउलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ गितखोरास्थित सडकमा प्र.१.०१.००२ ह ३७१६ नम्बरको सिटि रिक्सा अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा रिक्सामा सवार सोही नगरपालिका(१ भलुवा बस्ने ३० वर्षीय श्याम कुमार यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भारदह अस्पताल सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका रिक्सामा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रिक्सा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा, धनुषाधाम नगरपालिका-३ धनुषाधाम बजारस्थित सडकमा ना.७ ख १६६८ नम्बरको टिपरमा प्र.२(०१(००३ प ३८२२ नम्बरको मोटरसाइकल ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहा गोलबजार नगरपालिका-६ बस्ने ४२ वर्षीय ईन्द्रदेब यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको ओमसतिया गाउँपालिका-४ बसन्तपुरस्थित सडकमा प्र-२-०३(००१ ख ५१२२ नम्बरको ट्रकले लु-१३ प २८७६ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका(१२ शंकरपुर बस्ने २७ वर्षीय राजेश यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।