NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

१३ वटा सहकारीमा चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं । झापा जिल्लाको बिभिन्न स्थानमा रहेको सहकारीहरु चोरीमा संलग्न रहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर ईन्द्रसरोबर गाउँपालिका–५ का ३० बर्षिय सोमलाल स्याङ्तान, २१ बर्षीय सुनिल भन्ने सन्त बहादुर स्याङ्तान, २२ बर्षीय सुनिल स्याङ्तान, २५ बर्षीय बुद्ध स्याङ्तान, २६ बर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८ बर्षीय अजय राना मगर छन् । पक्राउ परेका उनिहरुले बिभिन्न मिति र समयमा १३ वटा सहकारीहरु योजनाबद्ध तरिकाले चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सहकारी चोरी भएको घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय झापामा प्राप्त हुनासाथ अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा संलग्न ६ जनालाई ईटहरीको बिभिन्न स्थानमा लुकेर बसेको अवस्थामा बैशाख ७ गते पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट दुई वटा मोटरसाईकल , सहकारी चोरीमा प्रयोग गरेको बिभिन्न औजारहरु र चोरीको समयमा प्रयोग गरेका कपडा समेत बरामद गरेको छ ।

उनीहरुले बिभिन्न सहकारीहरुबाट ३० लाख १६ हजार ६ सय ८७ रुपैया चोरी गरेको खुल्न आएको छ । पक्राउ परेका ६ जनालाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी  मिलन केसीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष