ललितपुरमा भएको दुर्घटनामा स्कुटर चालक महिलाको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ । बा.४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया