NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

१९ वर्षिया अञ्जलीको अनौठो यौन अपराध

काठमाडौं । एउटा फरक किसिमको अपराधमा एक युवती पक्राउ परेकी छिन् । सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–६ घर भइ काठमाडौंको माकलबारी बस्ने १९ वर्षिया अञ्जली अधिकारीले अनलाइनमार्फत किशोरीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको प्रहरीले जनाएको छ ।
कमजोर आर्थिक अवस्था भएका बालिकाहरूलाई टाइपिङको जागिर लगाउने प्रलोभनमा ‘स्ट्रीप च्याट’मा लगाएको प्रहरीले जनाएको छ । च्याटमा बालिकाहरुलाई यौन अंग समेत प्रर्दशन गर्न लगाउने र यस्तो भिडियो प्रयोग गरी अश्लील सामाग्री बनाउने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अञ्जलीलाई आइतबार पक्राउ गरेको हो । उनलाई बालबालिका ऐनअनुसार कारबाही गरिने एसपी रबिन्द्र रेग्मीले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष