NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

सुनसरीमा प्रहरीद्वारा एक युवकमाथि गोली प्रहार

काठमाडौं । सुनसरीमा प्रहरीले एक लागुऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लिएको । रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
दुई जनालाई लागुऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो ।