NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

तारकेश्वरमा हाइस दुर्घटना, एकको मृत्यु, पाँच घाइते

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बिहीबार दिउँसो बा४ख ३२० नम्बरको यात्रुवाहक हाइस गाडी दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थली बस्ने २७ वर्षीया रमिता तोलाङ्गीको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनामा सिन्धुली घर भई हाल काठमाडौँको तारकेश्वर–२ का गाडी चालक २६ वर्षीय सुशील दमाई गम्भीर घाइते भएका छन् । सहचालक २० वर्षीय कृष्ण तमाङ, यात्रुहरू २६ वर्षीय गोपाल दमाई, २५ वर्षीय टेकबहादुर मरस्याङ्दी र १८ वर्षीया पवित्रा तोलाङ्गी सामान्य घाइते भएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष