NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सिडिओलाई झुक्याएर नेपाली नागरिकता लिन खोज्ने तीन भारतीय काठमाडौंमा पक्राउ

काठमाडौैं । नेपाली नागरिकता लिन खोज्ने तीन भारतीय काठमाडौैंमा पक्राउ परेका छन् । नेपालमा लामो समयदेखि बसेर व्यापार गर्दै आएका हरिओम कुमार र उनका छोराहरू ऋषि गुप्ता र हर्ष गुप्तालाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले आफुहरुबो बाबु बेपत्ता भएको भन्दै वडा कार्यालयबाट सर्जमिन गराएर कागजपत्र बनाएका थिए । सोही आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिन गएका थिए । प्रशासन कार्यालयले शंका लागी छानविन गर्दा उनीहरु भारतीय भएको पुष्टि भएपछि प्रहरीलाई खबर गरेको थियो । पक्राउ परेका उपर नागरिकतासम्बन्धि कसुरमा कारबाही अघि बढाइएको एसपी नवराज अधिकारीले बताए ।