NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

बुटवलको कार दुर्घटनामा तीन जनाको मृत्यु

बुटवल । बुटवलमा बुधबार राती भएको दुर्घटनामा तीप्न जनाको मृत्यु भएको छ । बुटवलदेखि तीन किलोमिटर नजिक रहेको पाल्पाको नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको कार बुधवार साँझ करिब साढे ८ बजेतिर दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सडकदेखि करिब एक सय मिटर तल खसेर भएको दुर्घटनामा स्याङ्जा पुतली बजार घर भई हाल बुटवल –१० बस्दै आउनुभएका कार चालक ५६ वर्षीय रामप्रसाद शर्मा ९छविलाल शर्मा०, तिलोत्तमा–३ रुपन्देहीकी ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परी दुई जना घाइते भएको छन् । बुटवल उपमहानगरपालिका–९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल–११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएका हुन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपर उपरीक्षक विजयराज पण्डितले दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा तीन जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनास्थल बुटवल छेउमा भएपनि पाल्पा जिल्लामा पर्ने प्रहरीले जनाएको छ।