NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सात एसपीको सरुवा र पदस्थापन, नवलपरासीमा ज्ञानेन्द्र फुयाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले चार एसपीको पदस्थापन गरी थप तीन जनाको सरुवा गरेको छ । सरुवामा पश्चिम नवलपरासीका एसपी फेरिएका छन् ।
पश्चिम नवलपरासीमा एसपी ज्ञानेन्द्र फयाललाई पठाइएको छ । त्यहाँ कार्यरत एसपी काजी कुमार आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । त्यस्तै, जनकपुरस्थित गणमा कार्यरत एसपी हरिहरनाथ योगीको प्रहरी प्रधान कार्यालयको जनसम्पर्क शाखामा काज सरुवा भएको छ ।
त्यस्तै, बुधबार बढुवा भएका चार एसपीको पनि पदस्थापन भएको छ । प्रदीप कुमार क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगर, नारायण रंजितकारको मधेस प्रदेश प्रहरी गण, जनकपुर, अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा, एक नारायण कोइरालाको प्रहरी अस्पतालमा पदस्थापन भएको छ ।