NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रवि लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन् । सरकारमा सहभागी भएको सय दिनको प्रगती सुनाउन उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
मन्त्री लामिछानले मन्त्री भएपछि यसरी पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेका हुन् । लामिछानेमाथि सहकारी ठगीमा जिबी राईलाई सघाएको आरोप समेत लाग्दै आएको छ । यी विषयमा समेत उनले जवाफ दिने बताइएको छ ।
मन्त्री भएपछिका सुरुवाती दिनमा आक्रामक देखिएका लामिछाने पछिल्लो समय बोलीमा रक्षात्मक देखिएका छन् । गृह प्रशासनमा केही सुधार गरेपनि उनले ठूलो परिवर्तन भने ल्याउन सकेका छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष