गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या

बारा । बारामा गोली प्रहार गरी कलैयास्थित रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्या भएको छ । गम्भीर घाइते भएका ने वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार साँझ आदर्श कोतवाल गाउँपालिका–३ स्थित बक्रा टोलमा कुशवाहामाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका अज्ञात समूहले एक राउन्ड गोली प्रहार गरेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए । आदर्श कोतवाल गाउँपालिका भारतको सीमा क्षेत्रसँग जोडिएको क्षेत्र हो । प्रहरीले अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरेको छ ।
पछिल्ला केही महिना तराईका जिल्लाहा हत्या र लुटपाटका घटना बढेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया