NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपमा नेपालले बंगलादेशबाट १०७ रनको लक्ष्य पाएको छ ।

सेन्ट भिसेन्टमा पहिले टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.२ ओभर खेल्दै १०६ रन बनायो ।

नेपालको कसिलो बलिङसामु बंगलादेशका कुनै पनि ब्याटर चल्न सकेनन् । अनुभवी अलराण्डर मानिने सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए । रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोब्हित ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए । ओपनर तान्जिद हसन शून्य रनमै आउट हुँदा बंगलादेशलाई सुरुमै झड्का लागेको थियो ।

सोमपाल कामीले इनिङको पहिलो बलमै विकेट दिलाउँदै उत्कृष्ट सुरुवात गरे । दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई ४ रनमा बोल्ड आउट गरे । सोमपालको पाँचौं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा लिटन दास एज लागेर विकेटकिपर आसिफ शेखबाट १० रनमा क्याच आउट भए ।

नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।