NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

व्यवसायी मृत भेटिएपछि शिक्षिका पक्राउ

काठमाडौं । बैतडीमा एक पुरुषको हत्या घटनाको अनुसन्धानमा पाटन नगरपालिका– ६ की एक शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत शनिबारदेखि हराइरहेका स्थानीय वीरभानसिंह विष्टको हत्या आशंकामा अनुसन्धानका लागि प्रहरीले शिक्षिकालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
पाटन नगरपालिका– ६ बस्ने ५१ वर्षीय विष्टको शव सोमबार पाटन–पञ्चेश्वर सडकको घाङल खोलामा फालिएको अवस्थामा फेला परेको छ। भिरमा फालिएको शव प्रहरीले निकालेर पोष्टमार्टमका लागि अस्पताल पुर्याएको छ ।
मृतक विष्टका आफन्तले दिएको सूचनाका आधारमा शिक्षिकालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले जनाएको छ। शिक्षिकाको नाम सार्वजनिक गरिएको छैन । मृतक विष्ट ट्रक व्यवसायी हुन्।

प्रहरीका अनुसार ती शिक्षिका एक महिला हुन् । उनको विष्टसँग निकट सम्बन्ध थियो । तीन दिनअघि बिष्ट महिलाको घरमा गएका थिए । त्यहाँ अन्य युवक पनि थिए । विवाद भएपछि महिला र अर्का एक युवक मिलेर हत्या गरेको खुलेको छ।