NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

मस्तिष्कघातबाट गाउँपालिका अध्यक्षको निधन

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए ।

उनको उपचारकै क्रममा आज निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए । स्वर्गीय गच्छदारको अन्त्येष्टि मङ्गलबार गरिने उनले बताए ।