१५ करोडको कोकिन लिएर आएका तीन विदेशी काठमाडौंमा समातिए

काठमाडौं । १५ करोड ७६ लाख रुपैयाँ बराबरको कोकिन लिएर काठमाडौं आएका तीन विदेशी नागरिक समातिएका छन् । दुई जनाले क्याप्सुलका रुपमा निलेर तथा एक जनाले कोकिन राखिएको कपडाको बटममार्फत तस्करी प्रयास गरेका थिए ।
तान्जेनियन नागरिक डोनाल्ड ज्याक्सन, बोलिभियन लौरा टिकोना र भेनेजुलियन सिमोन अन्टोनियो पक्राउ परेका हुन् । ज्याक्सनसँग एक केजी २०६ ग्राम, लौरासँग दुई किलो एक सय ग्राम र सिमोनसँग एक किलो एक सय ९८ ग्राम कोकिन बरामद भएको छ । लौराले कपडाको बटममा लुकाएर तथा अन्य दुईले पेटभित्र लुकाएर तस्करी गरेका थिए । उनले एक सय २१ वटा कपडा झोलामा राखेकोमा त्यसको बटममा कोकिन लुकाइएकी थिइन् । उनी ब्राजिलबाट आएकी हुन् । ज्याक्सन इथियोपिया तथा सिमोन ब्राजिलबाट नेपाल आएका हुन् ।
सो कोकिन लिन आएकी भारतीय महिला लाल्रुत सांगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी प्रेम शाहीका अनुसार उनीहरु चारै जना एक हप्ताको बीचमा नेपाल आएका थिए । फरक फरक समूहले यसरी नेपाल पठाएको हुनसक्ने आशंका गरिएको छ । सो कोकिन भारत लैजान लागिएको थियो ।
कमजोर कानुनका कारण नेपाल लागुऔषध कारोबाराम अन्तर्राष्ट्रिय हब बनिरहेको छ ।
प्रतिक्रिया