NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो प्राध्यापकलगायत ३३ जनशक्ति

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राध्यापक, प्राविधिक, लेखा सहायकलगायत पदमा ३३ जनशक्ति माग गरेको छ । रिक्त पदहरूमा खुला तथा समावेशी प्रक्रियाबाट स्थायी पदपूर्ति गर्नेगरी प्रतिष्ठानले ११ तहदेखि ५ तहसम्म ३३ जनशक्ति माग गरेको हो ।

लोक सेवा आयोगको अनुमति लिएर प्राध्यापक, सह–प्राध्यापक, फार्मेसी टेक्नोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट, ओरल हाइजिनिस्ट, अटोमोबाइल सव–इन्जिनियर, जुनियर लेखा सहायक पदमा आवेदन माग गरिएको प्रतिष्ठानले जनाएको छ ।

आवेदन अनलाइनमार्फत दिन सकिने छ । त्यसका लागि सिंगल दस्तुर तिरेर असार २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन ३ गतेसम्म दिन सकिने प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

त्यसैगरी, प्रतिष्ठानले कार्यसम्पादन मूल्यांकन, आन्तरिक प्रतियोगिताबाट पदोन्नति गर्ने गरी विभिन्न पदमा विज्ञापन गरेको छ ।