NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २१ गते

रास्वपाका महामन्त्री मुखमा कालोटेप लगाएर बैठकमा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकाल मुखमा टेप लगाएर पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।

पार्टीको अवस्था बुझ्न देशका विभिन्न भाग पुगेका ढकालले प्रतिवेदन पेश गर्दै त्यसलाई सार्वजनिक गर्न र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग गरेका थिए । पार्टीले आफ्नो माग पूरा नगरेपछि ढकाल मुखमा कालोटेप लगाएर बैठकमा सहभागी भएका हुन् ।

सार्वजनिक तस्बिरमा महामन्त्री ढकाल पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ बसेकै लहरमा मास्कमा कालोटेप लगाएर बसेको देखिन्छ । जसमा लामिछानेलगायत नेताले अप्ठ्यारो मानेको देखिन्छ ।

यसअघि नेकपा एमालेमा केपी शर्मा ओलीले निरंकुशता लादेको भन्दै सो पार्टीकी तत्कालीन नेत्री रामकुमारी झाँक्रीले पनि मुखमा टेप टासेर सार्वजनिक कार्यक्रममा यसैगरी सहभागी भएकी थिइन् ।

रास्वपाको अहिले जारी केन्द्रीय समिति बैठकमा रास्वपाको अवस्था बिग्रिएको व्यहोराको ढकालको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ । ढकालले उक्त बैठक लाइभ गर्न माग गरे पनि त्यसलाई पन्छाएर बैठक बसिरहेको छ ।