NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १८ गते

पेट्रोल र डिजेलको मुल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बृद्धि गरेको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएको भन्दै बृद्धि गरिएको हो ।

मुल्यबृद्धिअनुसार काठमाडौंमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेल १५७ रुपैयाँ प्रतिलिटर पुगेको छ ।