आइतबार नै मन्त्रिपरिषद् विस्तार हुने, कांग्रेस प्रकाशमानको नेतृत्वमा जाने सम्भावना

काठमाडौं । आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । साँझ सवा ५ मा उनको सपथको तयारी छ।
ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेस र नेकपा(एमाले)बीच समझदारी भनाई दावी पेश भइसकेको छ । बहुमतको प्रस्ताव भएकाले ओली प्रधानमन्त्रीमा नियुक्त हुने निश्चितजस्तै छ ।
साथै आइतबार नै केही मन्त्रीहरुले सपथ लिने सम्भावना समेत छ । नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने टुंगो लागिसकेको छैन । प्रकाशमानसिंह र कृष्णप्रसाद सिटौलामध्ये एक नेताको नेतृत्वमा कांग्रेस ओली नेतृत्वको सरकारमा सहभागी हुनेछ । कांग्रेसका एक नेताका अनुसार प्रकाशमानलाई नै शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट नेतृत्व दिने तयारी गरेका छन् ।
स्रोतका अनुसार गृहमा रमेश लेखकको लगभग पक्का भइसकेको छ । एमालेबाट पनि अर्थमन्त्री लगायत मन्त्रीहरु आइबतबार नै नियुक्त गर्ने तयारी छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया