NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

डिजिटल कारोबार : के गर्ने, के नगर्ने ?

काठमाडौं । कुनै समय थियो जब साना साना कामको लागि पनि ग्राहकलाई बैंकनै पुग्नुपर्ने बाध्यता थियाे । हरेक साना समस्या बैंकबाट मात्र हुुदा बैंकमा ग्राहकको चाप त बढ्ने नै भयो । त्यो समय बैंकहरुले पनि बैंकको शाखा विस्तार गर्नुपर्छ भन्ने अवधारणा बनाएका थिए ।

तर अहिलेको अवस्था फरक छ । बढ्दो प्रविधिले हरेक साना कामको लागि भौतिक रुपमा बैंक धाएर काम गर्नुपर्ने झन्झट हटेको छ । पछिल्लो समय फिनटेक कम्पनीको संख्या पनि उत्तिकै बढ्दो छ ।

बैंकको विकल्पमा फिनटेक कम्पनी ग्राहकको रोजाइमा पर्न थालेका छन् । इसेवा, खल्ती, आइएमईपे लगायत पेमेन्ट वालेटप्रयोग गरेर स्कुलको फिदेखि सामान्य चिया पसलमासम्म पैसा तिर्न यसले सहज बनाएको छ । फिनटेकको मुख्य उदेश्य नै ग्राहकको पमेन्टलाइ सजिलो बनाउने हो । बढ्दो प्रविधिले सेवा सु्विधा सहज भएता पनि यसका चुनौती पनि त्यतिकै छन् ।

जसरी डिजिटल कारोबारको संख्या बढेको छ यसबाट हुने अपराध पनि मौलाउँदो छ । यसको प्रयोगमा सर्वसाधारण स्वय होसियार हुुन आवश्यक रहेको फोनपेका सिइओ दिवस कुमार बताउँछन् । नेपालवाचको प्रस्तुती कुरा पैसाकोमा उनले कुनै पनि ठाउँमा डिजिटल कारोबार गर्दा पैसा गएको वा आएको छ छैन् यकिन गरेर मात्र कारोबार गर्नुपर्छ सुझाएका छन् ।

व्यक्तिगत जानकारी अरुलाई दिने, पासपोर्ट, ओटिपी, पिन सेयर गर्ने, फ्रि वाइफाइ प्रयोग गरी डिजिटल कारोबार गर्ने गल्ती नगरे ठगी बाट बच्न सकिन्छ ।

(कुरा पैसाको नयाँ अंकमा फिनटेक र बैंकिङ क्षेत्रको अन्तरसम्बन्ध, डिजिटल कोरोबारमा हुने समस्या, पेमेन्टमा बढी पैसा काटिने जनगुनासोलगायत विषयमा फोनपेका सिइओ दिवस कुमारसँग छलफल गरेका छौं ।) 

 

ताजा अपडेट

नेपालवाच विशेष