पाँच सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले पाँचजना सहसचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरू भूपाल सिंह बराल, उत्तर खत्री, बाबुराम सुवेदी, सुमन दाहाल र झंक आचार्यको सरुवा गरेको हो ।
सहसचिव त्रय बराल, खत्री र सुवेदीलाई अर्थ मन्त्रालय पठाइएको छ । यसअघि बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । खत्री श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा थिए भने सुवेदी राष्ट्रिय योजना आयोगमा थिए ।
त्यस्तै अर्थ मन्त्रालयमा रहेका दाहाललाई योजना आयोग पठाइएको छ भने आचार्यलाई श्रम मन्त्रालय सरुवा गरिएको छ ।
प्रतिक्रिया