काठमाडौंका यी क्षेत्रमा आजदेखि कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न क्षेत्रमा आगामी कात्तिक ४ गतेसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।
काठमाडौं ग्रिड महाशाखा, लैनचौरको ६६/११ के.भी सब स्टेशन स्तरोन्नति गर्नुपर्ने भएपछि उक्त सब स्टेशन भएर विद्युत् पुग्ने क्षेत्रमा आपूर्ति अवरुद्ध हुन लागेको हो ।
प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सामाखुसी, ठमेल, लाजिम्पाट र पानी पोखरी, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, न्युरोड, महाबौद्ध, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रमा आगामी कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनसक्ने जनाएको छ ।
यी क्षेत्रमा विद्युत् आपूर्ति गर्न वैकल्पिक व्यवस्था गरिए पनि बीचमा अवरुद्ध हुनसक्ने प्राधिकरणको भनाइ छ ।
ताजा अपडेट
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
प्रतिक्रिया