NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

सुतेको ठाउँमा म्यादी प्रहरी मृत फेला

काठमाडौं । एक म्यादी प्रहरी मृत फेला परेका छन् । हुम्ला सदरमुकाम सिमकोटस्थित साथीको डेरामा बस्दै आएका ४५ वर्षीय म्यादी प्रहरी जसबहादुर रोकायाको मृत्यु भएको हो ।

उनी सर्केगाड गाउँपालिका–६ का स्थायीबासिन्ता भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएको बताएका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।