NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

कांग्रेसका १० केन्द्रीय सदस्यलाई कोरोना

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट कांग्रेसका १० केन्द्रीय सदस्य संक्रमित भएका छन् । पछिल्लोपटक केन्द्रीय समितिको बैठक अघि गरिएको परीक्षणमा १० केन्द्रीय सदस्य संक्रमित भएको जानकारी कांग्रेस केन्द्रीय कर्यालयका सचिव प्रेम केसीले दिए । कांग्रेस बैठक अघि बिहीबार गरिएको परीक्षणमा श्याम घिमिरे, मो नसिर सिद्दिकी, किरण यादव, सुरेन्द्र पाण्डे, सुजाता परियार र आमन्त्रित केन्द्रीय सदस्य कृष्णगोपाल घिमिरेलाई कोरोना संक्रमण देखिएको हो । यस अघिदेखि नै मीन विश्वकर्मा संक्रमित भएर भेन्टिलेटरमा उपचाररत छन् । साथै, फरमुल्लाह मन्सुर, दिलेन्द्रप्रसाद बडु र शिवप्रसाद हुमागाईं पनि संक्रमित भएका छन् । उनीहरुमा बिहीबारभन्दा अगाडि नै कोरोना संक्रमण देखिएको हो । जसले कोरोनालाई जिते यस अघि कोरोनाबाट महामन्त्री डा. शशांक कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन बहादुर शाही, रमेश रिजाल, अजयकुमार चौरसिया, गीता चौधरी र शम्भुलाल श्रेष्ठ संक्रमित भएका थिए । तर, उनीहरु संक्रमणबाट मुक्त भइसकेका छन् ।