भिडियो क्याम्पियनमार्फत् पर्यटन प्रवद्र्धन गर्दै थाइल्याण्ड

काठमाडौं । विश्वका चर्चित पर्यटकीय गन्तव्यमध्येमा पर्ने थाइल्याण्डले कोरोना महामारीले थलिएको पर्यटन ब्युँताउनका भिडियो क्याम्पियन सुरु गरेको छ । मुलुकमा ओझेलमा परेका गन्तव्यहरूलाई पर्यटकमाझ चिनाउन ‘द टुरिजम अथोरिटी अफ थाइल्यान्ड’ ले भिडियो क्याम्पियन सुरु गरेको हो । ‘ट्रायलब्लेजर थाइल्यान्ड’ नाम रहेको उक्त भिडियो सिरिजमार्फत थाइल्यान्डको समुदायस्तरको पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । भिडियोमा थाइल्याण्डको दीर्घकालिन पर्यटन, लग्जरी सेवा र समुदायस्तरको पर्यटनमा देशले गरेको प्रयासलाई प्रथामिकताका साथ देखाइएको छ । चर्चित मोडल, टिभी होस्ट तथा ‘मुवे थाइ’ फाइटरसमेत रहेकी मिया काङ्ले उक्त भिडियो सिरिजमा थाइल्यान्डका उत्तरी, केन्द्रीय र दक्षिण भेगका ठाउँलाई प्रचार गरिरहेकी छिन् । कार्यक्रम सञ्चालिका मिया काङले दर्शकहरूलाई चर्चामा नआएका ठाउँहरू र समुदायस्तरमा हुने गतिविधिसँगै लग्जरी आवास, रिसोर्टबारे परिचित गराइरहेकी छिन् । कोरोना महामारीपछि पर्यटन क्षेत्रलाई ब्युँताउने यो प्रयासमार्फत अब आउने पर्यटकलाई त्यहाँका कम चर्चित गन्तव्यबारे परिचित गराउने बताउँछिन् टुरिजम अथोरिटि आफ थाइल्याण्ड, न्यूयोर्क कार्यालयकी निर्देशक चारिन्या कियाटलाप्नाचाई । – एजेन्सी
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया