NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

अधिवक्ता लाइसेन्सको परीक्षा रोक्न माग गर्दै रिट दायर

नेपाल कानून व्यवसायी परिषद्ले लिने अधिवक्ता तह प्रमाणपत्रको परीक्षा रोक्न माग गर्दे उच्च अदालत पाटनमा रिट दायर भएको छ । कानुका दुई विद्यार्थीहरु विराज थापा र अद्धैत बरालले रिट दायर गरेका हुन् । परिषद्ले २८ औँ अधिवक्ता तहको परीक्षा आगामी २० गतेका लागि तय गरेको थियो । ‘पाठ्यक्रम तथा परीक्षा सञ्चालन नियमावली, २०५५’ अनुसार परीक्षा नभएको भन्दै रिट दायर भएको हो । नियमावली अनुसार चार दिनमा परीक्षा सकिन्थ्यो तर अहिले भने एकै दिनमा परीक्षा सकिन्छ ।