NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

ओली समूहद्वारा सुदूरपश्चिम प्रदेश कमिटी विस्तार, भीम रावललाई कारबाहीको सिफारिस

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको ओली समूहले नेकपाको प्रचण्ड–नेपाल समूहका भीम रावललाई कारबाहीको सिफारिस गर्दै सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । ओली समूहले सुदूरपश्चिम प्रदेश कमिटी विस्तार गर्दै नेकपाका प्रदेश ईञ्चार्ज समेत रहेका भीम रावललाई कारबाही गर्न सिफारिस गरेको हो । नेकपाको खाताबाट पैसा निकालेकोमा रावललाई कारबाहीको सिफारिस गरिएको थापाले बताए । प्रदेश कमिटीको विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरि पाँच सय ५१ सदस्यीय कमिटी बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेकपाको ओली समूहले लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको प्रमुख बनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष