NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुन मूल्यमा एक हजार ३०० रुपैयाँ ले ओरालो लागेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार केही दिनयता उकालो लागेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । बुधबार प्रतितोला ९६ हजार सात ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ९५ हजार ४०० निर्धारण महासंघले जनाएको छ । त्यस्तै, बुधबार प्रतितोला ९६ हजार २०० मा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार प्रतितोला ९४ हजार ९०० निर्धाराण भएको छ । चाँदी मूल्यमा पनि बिहीबार प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ३३० निर्धारण भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष