अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा ह्यारिस निर्वाचित भएको प्रमाणित

काठमाडौं । तनावकाबीच जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित भएको छ । अमेरिकाको दुवै सदनको संयुक्त बैठकले राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस विजयी भएको प्रमाणित गरेको हो । बाइडेन ३०६ इलेक्टोरल मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल मत प्राप्त गरे । तर, चुनावमा धाँधली भएकाे भन्दै ट्रम्प समर्थकहरुले संसद भवनमैं प्रवेश गरेर हिंसा मच्चाएका थिए । हिंसामा चार जनाले ज्यान गुमाएका छन् । कार्यक्रम केही समयपछि रोकेपछि निर्वाचन परिणामलाई दुवै सदनले प्रमाणित गरेको हो । नयाँ राष्ट्रपतिले जनवरी २० मा सपथ लिएर नयाँ कार्यभार सम्हाल्नेछन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया