NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

एकजना सफाइकर्मीलाई कोरोना देखिएपछि अष्ट्रेलियामा तीन दिन लकडाउन

अष्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यस्थित ब्रिसबेनमा एकजना सफाइकर्मीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि ब्रिसबेनमा तीन दिनको लागि लकडाउन हुने भएको छ । ती सफाइकर्मीलाई बेलायतबाट आएको नयाँ भेरियन्टको कोरोना भाइरसको देखिएको थियो । उक्त भाइरसको संक्रमण दर अन्य भन्दा द्रूत गतिमा हुने भएकाले क्वीन्सल्ययान्ड राज्यका अधिकारीले लकडाउन गर्ने घोषणा गरेका हुन् । तीन दिनको लकडाउनले भविष्यमा ३० दिन लकडाउन गर्नुपर्नेबाट जोगिने भन्दै उक्त शहरमा शुक्रबारबाट बन्दाबन्दी घोषणा भएको हो । तीन दिनको लागि ब्रिसबेनमा अत्यावश्यक सामान र औषधी उपचारवाहेकका कामको लागि घर बाहिर निस्किन नदिने जनाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष