NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

क्यापिटल आक्रमणपछि बाइडेनलाई राष्ट्रपति स्वीकार्दै ट्रम्पको सम्बोधन (भिडियो सहित)

काठमाडौं । म सम्बोधनको सुरुवात हिजो क्यापिटलमा भएको जघन्य हमलाबाट गर्न चाहन्छु । सबै अमेरिकीहरु जस्तै म पनि हिजोको हिंसा, अराजकता र विनाशले क्षतविक्षत भएको छु । प्रदर्शनकारीको उक्त हिंसात्मक गतिविधिबाट क्यापिटललाई सुरक्षित पार्न लागि मैले तुरुन्तै राष्ट्रिय सुरक्षाकर्मीलाई परिचालन गरि संघीय कानून लागू गरें । अमेरिका कानून र सुशासनको देश हो र रहिरनुपर्छ । क्यापिटलमा घुसपैठ गर्ने प्रदर्शनकारीहरु, तपाईंहरूले अमिरिकी लोकतन्त्रलाई अशुद्ध बनाउनुभएको छ । जो हिंसा र विनाशको गतिविधिमा संलग्न हुनुभयो, तपाईहरूले हाम्रो देशको प्रतिनिधित्व गर्नु हुँदैन । कानूनको धज्जी उडाएको को मूल्य तपाईंहरूले अवश्य चुकाउनुपर्ने छ ।हामी भर्खरै चुनावी माहोलबाट निस्किएका छौं । चुनावको हार प्रतिको हाम्रो भावना उत्रिसकेका छन । तर, अब त्यो रवाफ मत्थर हुनुपर्छ । हामी शान्त र संयमित भइ वर्तमान अवस्थालाई स्वीकार गरेर अघि बढ्नुपर्छ । मेरो अभियानले निवार्चन परिणामसँग प्रतिस्पर्धा गर्न प्रत्येक कानूनको अनुशरण ग¥यो । मेरो एकमात्र लक्ष्य मतदानको अखण्डता सुनिश्चित गर्नु थियो । त्यस क्रममा म अमिरिकी प्रजातन्त्रको रक्षाका लागि लड्दै थिएँ । भविष्यमा हुने सबै चुनावहरुमा बिश्वास सुनिश्चित गर्न, मतदाताको पहिचान र योग्यता कायम राख्न हाम्रो निर्र्वाचन कानूनमा सुधार हुन्छ भन्नेमा म दृढ विश्वास राख्न चाहन्छु । अहिले कांग्रेसले चुनाव नतिजालाई प्रमाणिकरण गरिसकेको छ । जनावरी २० बाट नयाँ प्रशासनको उद्घाटन हुन्छ । मेरो ध्यान अब सहज र व्यवस्थित शक्ति सुनिश्चित गर्नेतर्फ मोडिएको छ । यो क्षणले आपसी मेलमिलापको लागि आह्वान गरेको छ । महामारीका कारण २०२० हामी सबैको लागि चुनौैतिपूर्ण बन्यो । हाम्रा नागरिकको जीवनस्तर उल्टिनुसँगै अधिकांश नागरिक आफ्नै घरमा खुम्चिन बाध्य हुँदा यसले हाम्रो अर्थतन्त्र डामाडोल गर्नुकासँगै असंख्य जीवन प्रभावित बन्यो । यो महामारीसँग लड्न र अर्थतन्त्रलाई पहिलाकै अवस्थामा फर्काउन हामी सबै मिलेर काम गर्न जरुरी छ । यसको लागि देशभक्ति, विश्वास, परोपकारमा समुदाय र परिवारले नयाँ जोड दिनुपर्छ ।हामीबीच जुन प्रेम र बफादारीको पवित्र बन्धन थियो, त्यसलाई पुनर्जीवित गर्नुपर्छ । यसले हामीलाई राष्ट्रिय परिवारको रुपमा बाध्न मद्दत पु¥याउँछ । तपाईहरूको राष्ट्रपतिको रुपमा सेवा गर्न पाउनु मेरो लागि जीवनभरको गौरवको विषय भएको छ । मेरा सबै शुभचिन्तकहरू, मलाई थाहा छ तपाईहरू निराश हुनुहुन्छ । म तपाईंहरूलाई भन्न चाहन्छुु कि, हाम्रो यो सुन्दर यात्रा केवल सुरुवात हो । धन्यवाद, भगवानले तपाईं र अमेरिकाको कल्याण गरुन् । pic.twitter.com/csX07ZVWGe— Donald J. Trump (@realDonaldTrump) January 8, 2021

ताजा अपडेट

नेपालवाच विशेष