धनगढी पुगे प्रधानमन्त्री ओली, प्रचण्ड–नेपाल समूहद्वारा प्रर्दशन

धनगढी । राजनीतिक रुपमा विभजित नेकपाको आफू पक्षिय समूहको आम सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । प्रधानमन्त्री ओली धनगढी पुग्दा नेकपाको अर्को खेमा प्रचण्ड–नेपाल समूहले विरोध गर्दै प्रदर्शन गरेको छ । काठमाडौंबाट श्री एयरलाइन्सको जहाजमा धनगढी पुगेका ओलीलाई कडा सुरक्षा प्रदान गरिएको थियो । धनगढी एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म प्रहरी तथा सेना परिचालन गरिएको थियो । यसैबीच प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले ओलीको विरोधमा कालो झण्डा देखाएर तथा टायर बालेर ओलीको विरोध गर्न सुरु गरेको थियो । कडा सुरक्षाका बीच प्रधानमन्त्री ओलीको विरोध गर्न खोजेका प्रचण्ड–नेपाल समूहलाई प्रहरीले खेदाएको छ ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया