म राजनीतिमा हुँदा तपाई कति कक्षामा पढ्दै हुनुहुन्थ्यो, पुष्पकमल दाहाल ज्यू?: केपी ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीति गर्दा प्रचण्ड कति कक्षामा पढ्दै हुनुहुन्थ्यो भनेर प्रश्न गरेका छ्न । धनगढीमा आयोजित नेकपाको ओली समूहको आमसभालाई सम्बोधन गर्दै उनले प्रचण्डले आफू जेठो हुँ भन्ने गरेको कुरामा यस्तो प्रश्न गरेका हुन् । ‘प्रचण्ड सधैं एउटै गीत गाएर हिडनुहुन्छ । उहाँले तपाईंले भन्दा तीन भोटा बढ्ता फटाएको छु, मलाई पहिलो अध्यक्ष छाडिदिनुस भन्नु भयो.’ ओलीले भने, ‘मलाई २७ मा जेल परेर मुद्दा लागेको थियो, ३८ साल मास्टरी गर्नु हुँदै थियो । २५ सालमा म सुस्ता विषयलाई लिएर आन्दोलन गर्दा प्रहरीको लाठ्ठी खाएको थिएँ, तपाई ३८ सालसम्म मास्टरी गर्दै हुनुहुन्थ्यो ।’ ओलीले आफूले राजनीतिमा सक्रिय रुपमा लाग्दा प्रचण्डले राजनीति शब्द पनि सुनेका थिएनन् भनेका छन् । उनले आफू उमेरमा तीन वर्ष र राजनीतिमा १० वर्ष जेठो भएको बताएका छन् । उनले भने, ‘कहिले हो २५ साल भनेको थाहा छ? कति कक्षामा पढनु हुँदैथियो पुष्पकमल जि?’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया