NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रधानमन्त्री ओलीको प्रश्न-एउटा प्रदेशबाट एक जना मात्रै मन्त्री कति बनाउने?

काठमाडौं । कामचलाउ प्रधानमन्त्री तथा राजनीतिक रुपमा विभाजित नेकपाको एक समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमबाट चार जनालाई मन्त्री बनाएर इतिहास रचेको बताएका छन् । धनगढीमा आयोजित आफूपक्षीय नेकपाको सभालाई सम्बोधन गर्दै उनले पहिलो पटक सुदूरपश्चिमबाट केन्द्र सरकारमा चार जना मन्त्री हुन पाएको बताएका हुन् । सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘एउटा प्रदेशबाट एक जनालाई मात्रै कति मन्त्री बनाउने? मैले सुदूरपश्चिमबाट चार जनालाई मन्त्री बनाएँ । आज सुदूरपश्चिमले केन्द्रमा चार जना मन्त्री पाएको छ ।’ प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशको विकासका लागि विभिन्न नाका खोल्ने क्रम पनि जारी रहेको बताए । उनले आफू प्रधानमन्त्री भएकै बेला भारतले मात्रै धेरिएको नेपालमा नाकाबन्दी लाग्दा पनि डटेर लडेको र उक्त घट्नाबाट पाठ सिक्दै अन्य देशसँगको नाका खोलेको बताएका हुन् ।उनले भने, ‘हामीले चीनबाट बाटो खोल्यौं । अहिले पनि नाका खोल्दै छौं । मुस्ताङ, किमाथांका, ओलाङचुङगोला बाटो खुल्दैछन् । नाका खुलेपछि विकास पनि बढ्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष