देशभर प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा कांग्रेसले दोस्रो चरण अन्तर्गत आज देशभरका प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्दैछ । प्रादेशिक निर्वाचन क्षेत्र अन्तर्गत सभापति शेरबहादुर देउवा बुढानिलकण्ठमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । नेता गगन थापाले चावहिलमा हुने कार्यक्रममा सहभागी हुँदैछन् । ‘जुटौँ संसद विघटनको असंवैधानिक कदम विरुद्धमा ! उठौँ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा !’ थापाले फेसबुकमा लेखेका छन् । प्रवक्ता विश्वप्रकाश शर्मा प्रदर्शनीमार्गमा हुने विराेध सभामा सहभागी हुनेछन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया