NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

विदेशीलाई नेपालमा प्रजातन्त्र चाँहिदैनः डा. महत

काठमाडौं । कांग्रेस सह-महामन्त्री डा. प्रकाशशरण महतले विदेशीलाई नेपालमा प्रजातन्त्र नचाहेको टिप्पणी गरेका छन् । कांग्रेसले देशभरका ३३० प्रदेश सभामा गरिरहेको विरोधसभामा नुवाकोट पुगेका डा. महतले विदेशीहरुबीच नेपाललाई प्रभावका लिन मात्रै तँछाडमछाडमात्रै भएको बताएका हुन् । ‘विदेशीहरुमा तँछाडमजाड गरी प्रभाव पार्ने स्वार्थ देखिन्छ । भारतको प्रतिनिधि आउँदा नआउँदै चीनका प्रतिनिधि आइसक्छन्’ महतले भने, ‘विदेशीहरुलाई आफ्नो देशमा डेमोक्रेसी चाहिन्छ । तर, हाम्रोमा चाँहिदैन । चीनलाई त चाँहिदै चाँहिदैन । भारतलाई पनि चाँहिदैन । उनीहरुलाई आफ्नो स्वार्थ अनुसार यहाँ जो आए पनि हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष