NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

कांग्रेसलाई पुनःस्थापना वा चुनाव दुवै मन्जुर

काठमाडौं । कांग्रेस सह–महामन्त्री डा. प्रकाशरण महतले कांग्रेसलाई प्रतिनिधिसभा पुनःस्थापना वा नयाँ निर्वाचन जे भए पनि हुने बताएका छन् । प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ भइरहेको विरोध कार्यक्रममा भाग लिन नुवाकोट पुगेका डा. महतले कांग्रेसले दुवै विकल्प खुल्ला राखेको बताएका हुन् । ‘प्रचण्ड र माधवजीहरुलाई सरकारले काम गरेन भन्ने होइन । भ्रष्टाचारबारे बोलेन भन्ने होइन । ओलीले सत्ता नछोड्ने भन्ने चिन्ता थियो । ओलीले सत्ता नछोड्ने भएपछि भ्रष्टाचारका अनेक काण्ड प्रचण्डले पेश गरे । म प्रधानमन्त्री नहुने भएपछि संसद के काम भनेर ओलीले संसद विघटन गरे । तर, संविधानमा विघटनको प्रावधान छैन । विकल्पमा नै नगईं विघटन गरे’ महतले भने, ‘हामी संविधान, कानुनमा विश्वास गर्ने पार्टी भएकोले हामीले ओलीको कदमको विरोध गरेका हौं । यो मुद्दा अहिले सर्वोच्चको छलफलको विषय बनेको छ । हामीले सर्वोच्चको फैसला पर्खिरहेका छौं । ओलीको असंवैधानिक निर्णय हो भनेर अदालते निर्णय गर्छ भन्ने हाम्रो विश्वास छ । सर्वोच्चले विघटनलाई सदर गरेर निर्वाचनको बाटोमा जाउ भन्यो भने निर्वाचन सुनिश्तिताको लागि हामी आन्दोलनमा जान्छौं ।’ पुनःस्थापना भए अझै दुई वर्ष कम्युनिष्ट सरकारलाई झेल्ने भन्दै नभए निर्वाचनको लागि पनि कांग्रेस तयार भएको उनको भनाई थियो । तीन वर्षमा कम्युनिष्ट सरकारले भ्रष्टाचारमात्रै बढाएको भन्दै उनले कम्युनिष्टलाई विस्थापित गरेमात्रै नेपाल सुध्रिने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष