NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

जबजको झोला ओलीले फ्याँके खोलामा : शर्मा

काठमाडौं । कांग्रेस नेता विश्वप्रकाश शर्माले केपी ओलीले मदन भण्डारीको बहुदलीय जनवादको झोलालाई खेलामा बगाएको आरोप लगाएका छन् । ‘मदन भण्डारीले जनताको जनवाद भन्दा विचारको झोला तपाईंहरुलाई बोकाउनुभएको थियो । ‘भण्डारीको भौतिक बिदाई भयो । तर, २५ वर्षपछि बालुवाटारमा बसेर भण्डारीको विचारको बिदाई तपाईंहरुले गर्नुभयो’ प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै शर्माले काठमाडाैंमा अायाेजित विराेधसभामा भने, ‘मदन भण्डारीले बोकाउनुभएको बहुदलीय जनवादको झोला कुन खोलामा बगाउनुभयो ? बहुदलीय जनवादलाई सेतो कात्रो ओढाएको हो की होइन ?’

ताजा अपडेट

नेपालवाच विशेष