नायव सुब्बा पदका लागि ८४३ पदमा विज्ञापन खुल्यो

काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बा पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । बुधबार आयोगले देशभरका लागि सुब्बा पदको विज्ञापन खुला गरेको हो । त्यसमध्ये ४११ पदमा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिनेछ । ४३२ पद जेष्ठता र कार्यक्षमता मूल्यांकनका आधारमा पदपूर्ति गर्ने गरि विज्ञापन गरिएको हो । आयोगले काठमाडौं कार्यालयबाट खुल्लामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन खुलाएको छ । यस्तै धनकुटाबाट खुल्लामा ४७ जना, जेष्ठताका आधारमा ३१ जना र कार्यक्षमताका आधारमा १८ जनाका लागि विज्ञापन गरेको छ । पोखरा कार्यालयबाट खुल्लामा ५२ जना, ज्येष्ठताको आधारमा ३५ जना र कार्यक्षमताका आधारमा २३ जना गरि १२१ जना सुब्बाको पदपूर्तिको सुचना प्रकाशन भएको हो । यस्तै जलेश्वर कार्यालयबाट खुल्लामा ४९ पद, जेष्ठताका आधारमा ४९ पद र कार्यक्षमताका आधारमा २३ पदमा पदपूर्तिको विज्ञापन भएको छ । सुर्खेत कार्यालयबाट खुल्लातर्फ २३, जेष्ठतातर्फ १९ र कार्यक्षमता तर्फ १० पदका लागि विज्ञापन प्रकाशित भएको हो । यस्तै दिपायल कार्यालयले खुल्लातर्फ ३७ पदमा, जेष्ठता तर्फ १६ पद र कार्यक्षमता मूल्यांकनतर्फ ९ पदमा विज्ञापन प्रकाशन गरेको छ । बुटवल कार्यालयले खुल्लामार्फत् ५३ जना, जेष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गर्ने सुचना प्रकाशित गरेको छ ।
ताजा अपडेट
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
प्रतिक्रिया