पूर्वमहान्यायाधीवक्ता कार्कीको स्वार्थ बाँझिने, पार्टीकै पूर्वसभासद् भएकी मल्ल विवादरहित !

काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलास गठन प्रक्रियामा एकपछि अर्को विवाद सृजना भएको छ । स्वार्थ बाँझिने भन्दै आलोचना भएपछि गत साता न्यायाधीश हरिकृष्ण कार्कीले आफैं इजलासमा नरहने घोषणा गरे । तर, तिनै न्यायाधीश कार्कीको स्थानमा आज प्रधानन्यायाधीश कार्कीले अर्का न्यायाधीश सपना प्रधान मल्ललाई समावेश गरेका छन् । तर, मल्ल आफैं विवादित हुन् । केपी ओली नेतृत्वको यसअघिको सरकारमा महान्यायाधीवक्ता भएकोले स्वार्थ बाँझिने तर्कका आधारमा आलोचना गरिएका कार्कीका स्थानमा यसअघि तत्कालीन एमालेबाट पहिलो संविधानसभामा समानुपातिक सांसद् भएकी मल्ललाई प्रवेश गराइएको छ । उसो त मल्ल वरिष्ठता क्रममा पनि पर्दिनन् । प्रतिनिधि सभा विघटन सम्बन्धी रिटमाथि प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसी छन् । सर्वोच्चको वरिष्ठता रोष्टर अनुसार दीपककुमार कार्की, मीरा खड्का, ईश्वरकुमार खड्का, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतलाई छाडेर मल्ल र केसीलाई ल्याइएको छ । स्वार्थ गाँसिएका कार्कीका स्थानमा प्रधानन्यायाधीश जवराले अर्का विवादित न्यायाधीश मल्ललाई इजलासमा समावेश गरेका हुन् ।
ताजा अपडेट
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
प्रतिक्रिया