निरु पालपछि महेश बस्नेतले भने संघीयतालाई कमजोर बनाउँ

काठमाडौं । दुई हप्ता अगाडि प्रधानमन्त्री केपी ओली निकटकी नेतृ निरु पालले संघीयता खारेज गरे सबैका मनमा बस्नलाई ओलीलाई आग्रह गरेको विषय विवादित बन्न पुगेको थियो । उनले सामाजिक संजालमा लेखेकी थिइन्– सम्माननीय प्रधानमन्त्री ज्यू, आँट गर्नुस् संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मम्त्रिमण्डल बबढी १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरी मा सडाउने आँट गर्नुस । नेपाली जनताको मन मष्तिस्कमा सधैं बस्नुहुनेछ । मेरो व्यक्तिगत विचार ।’ सामाजिक संजालदेखि संचारमाध्यमसम्म उनको स्टाटसका चर्चा भएको थियो । उनकै लाइनमा ओली निकटका अर्का नेता महेश बस्नेतको पनि प्रतिक्रिया आएको छ । विराटनगरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै बस्नेतले तीन तहका सरकारमा प्रदेश कमजोर देखिएको भन्दै प्रदेशलाई थप कमजोर बनाउनुपर्ने बताएका छन् । ‘स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रदेशसभामा सदस्यको मान्यता दिऔं अनि उहाँहरुबाटै निर्वाचित प्रदेश सभाबाट नै एउटा सरकार बनाएर जान सकिन्छ’ बस्नेतले भने, ‘त्यसरी बनाइने सरकारले संघीय सरकार र स्थानीय तहको बजेटमा समन्वय गर्छन् । स्थानीय तहका कामको मनिटरिङ तथा विकासको पहल गर्छन् । ’ याे पनि पढ्नुस् संघीयता खारेज गरी जनताको मन मष्तिस्कमा बस्न ओलीलाई निकट नेताको सुझाव
ताजा अपडेट
-
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
प्रतिक्रिया