को हुन् ओलीलाई लात्ताले हानेर भाग्ने ‘केटो’ !

काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी ओली भाषण गर्न माहिर नेता मानिन्छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त उनका भाषण झन् बढी चोटिला, व्यंग्यात्मक, हास्यरसले भरिने गरेका छन् । आफ्नै पार्टीका सहकर्मीमाथि उनी हरेक मञ्चमा राजनीतिक, अराजनीतिक निर्मम सबै हिसाबले खनिने गरेका छन् । नेताको लवजदेखि शारिरिक अवस्थासम्मलाई जोडेर हलमा ताली खाने गरी ओली भाषण गर्छन् । यसै क्रममा शनिबार तीनकुनेमा भएको प्रदेश १ कार्यकर्ताको भेलामा पनि ओली आफ्ना पूर्व सहकर्मी प्रचण्ड, माधव नेपालविरुद्ध उसैगरी खनिए । तत्कालीन माओवादीका नेताहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई मात्रै होइन विप्लवसम्मको कुरा गर्न ओलीले भ्याए । प्रदेश १ कै भेलाको सन्दर्भमा ओलीले एक यूवा नेता लक्षित टिप्पणी गरेका छन् । ओलीले भने- चुनाव जिताएँ, मन्त्री बनाएँ तर, पुक्क लात्ताले हानेर भाग्यो ।’ ‘म कुनै बैगुनी केटोकेटीकी कुरा गर्न चाहन्न । तर, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडि दौडिकन गएर भोट मागेर यो केटोलाई जिताइदिनुस् मन्त्री बनाएर पठाइदिन्छु भनेर मन्त्री पनि बनाइयो । गरियो गरियो एक दिन त पुक्क लात्ताले हानेर भाग्यो । को भनेर हेर्दा त उही केटो । हामी यस्तोमा अल्झिदिनौं । युवाको कमी छैन । अरु युवालाई समेटेर अगाडि बढ्छौं ।’भ्रममा परेकालाई पनि समेटेर अगाडि बढ्ने जिकिर ओलीले गरे । लात्ताले हानेर भागेकाे भनेका नेता सम्भवत: योगेश भट्टराई हुन् । २०७४ सालमा भएको चुनावमा ताप्लेजुङमा योगेशलाई भोट माग्न ओली पनि पुगेका थिए । ओलीले ताप्लेजुङको सदरमुकाम फुङलिङमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए । पछि ओली सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनपछि योगेश भट्टराई मन्त्री पनि भएका थिए । तर, ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि असहमति जनाउँदै भट्टराईले मन्त्रीबाट राजीनामा दिएका थिए ।
ताजा अपडेट
-
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
-
नाम्खाका पहिरो प्रभावितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन प्रचण्डको आग्रह
-
अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
-
बालकक्षा पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द
-
कान्ति लोकपथको ‘डाइभर्सन’ बग्यो, आवागमन अवरुद्ध
प्रतिक्रिया