NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

नेप्से सूचकले दैनिक नयाँ रेकर्ड बनाउँदै, साल्ट ट्रेडिङको सेयर मूल्यमा सर्वाधिक बृद्धि

काठमाडौं । पछिल्लो समय सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाएको छ । हप्ताको पहिलो दिन नेप्से परिसूचक २८.४६ अंकले बढेर २३१५ विन्दुमा आइपुगेको छ । आज कारोबारमा आएका २०८ कम्पनीको ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ५० लाख ३५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएका १२ समूहमा हाइड्रोपावरबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेको नेपाल स्टक एस्कचेन्ज लिमिटेडले जानकारी दिएको छ । आज कारोबारमा आएको व्यापारिक समूह सबैभन्दा धेरै वृद्धि भएको छ । यसैगरी,आज कारोबार भएको फाइनान्स, माइक्रोफाइनान्स, बिमा, अन्यलगायतका समूहमा पनि उछाल आएको छ । १६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा ५८ करोडभन्दा बढीसहित नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा एनआइसी एसिया र तेस्रोमा सिभिल बैंक परेका छन् । साल्ट ट्रेडिङको सेयर मूल्य सर्वाधिक बृद्धि आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९३ रुपैयाँले बढेर अन्तिम मूल्य ७ हजार ६२३ रुपैयाँ पुगेको हो ।७ हजार ६८ रुपैयाँदेखि खुलेको कम्पनीको सेयर कारोबार अधिकतम ७ हजार ६ सय २३ रुपैयाँसम्म भएको छ । आइतबार खरिद चाप उच्च हुँदा कम्पनीको सेयरमूल्यमा सर्वाधिक बृद्धि भएको हो । आज कम्पनीको २ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको ३ हजार १९७ कित्ता सेयर कारोबार भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष