NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

ओली निकट नेकपा कार्यकताको वृहत् भेला हुँदै

काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको ओली समूहले काठमाडौमा ‘वृहत् कार्यकर्ता भेला’ गर्ने भएको छ । नेकपाको ओली समूहले शनिबार दिउँसो १ बजे कार्यकर्ता भेला गर्न लागेको हो । उक्त भेलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादल, इश्वर पोखरेल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते नेकपा दुई समूहमा विभाजित भएको छ । विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह र ओली समूह दुवैले आफ्ना कार्यकर्ताहरुसँग भेला आयोजना गरिररहेका छन् ।