पुजारी परिवारमा सुत्केरो परेपछि विशंखुनारायणको महास्नान रोकियो

काठमाडौं । चार नारायणमध्येका एक विशंखुनारायणको महास्नान रोकिएको छ । विशंखुनारायणको पुजारी परिवारलाई सुत्केरो परेसँगै आज उक्त महास्नान रोकिएको हो । सदियौंदेखि नारायणको रेखदेख र पूजा आदि व्यवस्थापन सुवेदी थरले गर्दै आएका छन् । प्रत्येक वर्ष पौष कृष्ण षष्ठीका दिन नारायणको महास्नान गरिने चलनानुसार आज महास्नान गर्ने चलन रहेको विशंखुनारायण पूजा व्यवस्थापन समितिका सचिव दिवाकर सुवेदीले जानकारी दिए । उनले भने, ‘सुत्केरो चोखिएपछि उत्तम साइतमा महास्नान गर्नेछौं । तर कुन दिनमा हुन्छ भन्ने कुरा छलफलपछि मात्र थाहा हुन्छ ।’ सुवेदी परिवारले विशंखुनारायणलाई इष्ट देवताको रुपमा पुज्ने भएकाले आफूहरुमार्फत नै सो महास्नान गरिने गरिएको सचिव सुवेदी बताउँछन् ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया