गाउँ पसेको चितुवा नियन्त्रणमा

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतंक मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जंगलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए । आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लाको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएका अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए । पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेका अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सब डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘हामीले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौँ, केही गर्दा चलेन’, प्रहरी हबल्दार नवराज रिमालले भने, ‘चितुवा लठ्ठिएका अवस्थामा थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौंँ ।’ चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालयमा ल्याइँदै छ । ‘यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा छाडिदिने हो, बिरामी भए उपचार गरेर छाड्छौंँ’, डिभिजन वन अधिकृत अधिकारीले भन, ‘ेअसामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।’
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया