NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

प्रदेशसभा विघटन हुने सम्भावना छः तुम्बाहाङ्फे

विराटनगर । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा विघटन हुनसक्ने बताएकी छिन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली फरक भएपनि राष्ट्रिय राजनीतिको प्रभाव पर्न सक्ने बताएकी थिईन् । तुम्बाहाङ्फेले दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्रीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गरेको बताएकी थिईन् । उनले भनिन्, ‘दुई तिहाइ बहुमतप्राप्त दलका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कारणले काम गर्न नसकेपछि ताजा जनादेशका लागि जनतामा जान निर्वाचन घोषणा गर्नुभएको छ ।’ तर, प्रतिनिधिसभा विघटनको विषयमा स्पष्ट रुपमा संविधानको धारामा नलेखिएको उनको तर्क थियो । अहिले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेकाले आफू धेरै नबोल्ने उनले बताएकी थिइन् । त्यस्तै, घोषणा भएको निर्वाचन पनि समयमा नै हुने उनको भनाइ थियो । उनले भनिन्, ‘निर्वाचन आयोगले आफ्ना काम गरिरहेको छ । निर्वाचनका लागि सुरक्षा तयारी भइरहेको र सरकारले आर्थिक व्यवस्थापन पनि गरिसकेकाले समयमै निर्वाचन हुनेमा कसैले पनि शंका नगर्न आग्रह छ ।’ उनले नेकपा पार्टी विभाजन भएको भन्दा पनि पार्टी भित्रकै सानो समूह निस्केर गएको तर्क राखेकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष